४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता : मुख्यमन्त्री चौधरी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संबिधानबाट प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताएका छन् । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको ११ औं वार्षिक साधारणसभा तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री चोधरीले संबिधान अनुसारको अधिकार प्रदेशले प्रयोग गर्न नपाउँदा जनतामा निराशा उत्पन्न भएको बताए।

उनले संविधानले दिएको संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरि काम गर्न नसकेको उल्लेख गर्दै संविधानले सबै तहका सरकारलाई आआफ्नै जिम्मेवारी र अधिकार दिएको भएपनि कार्यान्वयन नहुंदा संघीयताप्रति नै जनतामा वितृष्ण उत्पन्न हुने अवस्था आउन थालेको बताए। संघीयता कार्यान्वयनको लागि सबै तहलाई पूर्ण अधिकार दिनुपर्ने उनको भनाई छ।

मुख्यमन्त्री चौधरीले सार्वजनिक जग्गाको बांडफांड तथा व्यवस्थापनको अधिकार प्रदेश तहमा र वनको अधिकार केन्द्रमा रहंदा विकास आयोजनाहरुमा धेरै समस्या हुने गरेको बताए।

चौधरीले कसिलो ऐन नियम र ईआईए, आईएको चपेटाका कारण धेरै आयोजनाहरु अलपत्र अवस्थामा पुग्ने गरेको भन्दै समायानुकल संशोधन हुन नसक्दा सरकारी ऐन नियमहरु विकासका बाधक बनेको बताए।

लुम्बिनी प्रदेश सरकारले उद्योग स्थापना हुने र पर्यटक पुग्ने ठाउंलाई सडक संजालले जोड्ने निति बनाएको बताउंदै उद्योग व्यवसायमा लगानी गर्न व्यसायीहरुलाई चौधरीले आग्रह गरे।

घरेलु मदिरा उत्पादनलाई उद्योगमा रुपान्तरण गर्न सक्ने हो भने गाउँघरमा हजारौं रोजगारी सिर्जना हुने र मानव स्वास्थ्यको जोखिम पनि कम हुने उनले बताए । ‘हामी विदेशबाट सामान आयात गरेर बेच्ने र नाफा कमाउनेमा मात्रै सीमित भयौं, आफ्नै देशमा उत्पादन गरौं, रोजगारी सिर्जना गरौं भन्नेमा ध्यानै छैन’, मुख्यमन्त्री चौधरीले भने, ‘मदिराकै कुरा गर्ने हो भने नेपालमा मगर, थारु लगायत जातिले घरेलु मदिरा उत्पादन गरिरहेका छन्, त्यसको ठूलो मात्रामा कारोबार पनि भएको छ तर करको दायरामा आएको छैन ।’

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशभित्रका जनतालाई सहज र सर्वसुलभ स्वास्थ्यसेवा उपलब्ध गराउन गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै मुटु अस्पतालको विकासको लागि आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको बताए।

कार्यक्रममा बोल्दै गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले लुम्बिनी प्रदेशका मात्र नभई ४४ जिल्लाका विरामीहरुले अस्पतालबाट सेवा लिईरहेको उल्लेख गर्दै जग्गा अभावको कारण अस्पतालको सेवालाई बढाउन नसकिएको बताए।

अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ समिर गौतमले मुटुको विशेषज्ञ सेवासहितको अस्पताल चितवन पश्चिमको पहिलो अस्पताल भएको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई निशुल्क नगरेसम्म मुलुकको गरिबी न्यूनिकरण नहुने भएकोले शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्ने तर्फ सरकारले काम गर्नुपर्ने धारणा ब्यक्त गरे।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका सहसचिव बाबुराम बोहोराको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव बहादुर कुवंर, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटालगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा अस्पतालका विभिन्न शाखाबाट उत्कृष्ट कार्य सम्पादन गर्र्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने स्थापनाकालदेखि नै सेवा प्रदान गर्दै आएका कर्मचारीलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ४ : ४० बजे

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको