१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनीका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिँदै



बुटवल । सत्ता गठबन्धनका शीर्ष नेताहरुले लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेका छन् । मुख्यमन्त्री चौधरीले चैत २२ गते विहीबार विश्वासको मत लिने निर्णय गरेका हुन् ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेका अनुसार मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले विश्वासको मत लिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय छ ।

केन्द्रमा सत्ता समिकरण फेरिएसंगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । संबिधान अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्राबधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा एमालेका २९, काँग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तीका ४र४ जना र जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३र३ जना सांसद छन् । लुम्बिनीमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ जना सांसद छन्, भने एक जना स्वतन्त्र सांसद छन् । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् ।

एमाले, माओवादी केन्द्र, जसपा, नागरिक उन्मुक्ती पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।

गत वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए । वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १२ : ३७ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह