६ श्रावण २०८३, बुधबार | July 23, 2026

नेपालगन्जको सडकमा फोहर फाल्ने विजेन्द्रसिंह ठकुरीलाई १० हजार जरिवाना



नेपालगन्ज । नेपालगन्ज उपमहानगरले सडक र सडक किनारमा फोहर फाल्ने विरुद्ध कडाई गर्न सुरु गरेको छ । उपमहानगरले औषधीजन्य फोहोर बाटोमा फाल्ने नेपालगन्जको श्री नन्दादेवी कन्सर्नलाई सडकमा फोहर फाले बापत दश हजार जरिवाना असुलेको छ ।

नन्दादेवीले म्याद नाघेका औषधीलगायतका फोहोर सुर्खेतरोडमा फालेको फेलापरेसँगै उपमहानगरले पहिलोपटकका लागि १० हजार जरिवाना गरेको जनाएको छ।

केही दिनदेखि सडकमा थुपारिएको फोहोर सडकमा यत्रतत्र छरिन थालेपछि उपमहानगरपालिकाको टोलीले उक्त फोहोरको बारेमा सोधीखोजी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, औषधी व्यवस्था विभाग, बाणिज्य कार्यालय सहित सुरक्षाकर्मीको उपस्थितिमा श्री नन्दादेवी कन्सर्नका सञ्चालक विजेन्द्रसिंह ठकुरीलाई पहिलो पटकलाई चेतावनी स्वरुप दश हजार जरिवाना असुल गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महशाखाका प्रमुख रामबहादुर चन्दले बताए ।

फोहर अनुगमन टोलीले सडकमा फालिएको फोहोरलाई तीन घण्टाभित्र व्यवस्थापन गर्न निर्देशन दिनुका साथै अर्को आदेश नहुँदा सम्म कारोबार बन्द गरेर औषधी व्यवस्था विभागमा उपस्थित हुन भनिएको औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो सातादेखि जथाभावी फोहोर फाल्नेलाई कडाई गर्न थालेको छ । फोहोर मैला व्यवस्थापन ऐन २०७५ को ‘घर कम्पाउण्ड तथा परिसरको फोहोर सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने’लाई ५ हजारदेखि १५ हजार रुपैयासम्म जरिवाना गर्न सकिने एक नम्बर बुँदालाई टेकेर उपमहानगरपालिकाले कारबाही गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : १० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क