२० बैशाख २०८१, बिहिबार | May 3, 2024

नेपालगन्जको सडकमा फोहर फाल्ने विजेन्द्रसिंह ठकुरीलाई १० हजार जरिवाना



नेपालगन्ज । नेपालगन्ज उपमहानगरले सडक र सडक किनारमा फोहर फाल्ने विरुद्ध कडाई गर्न सुरु गरेको छ । उपमहानगरले औषधीजन्य फोहोर बाटोमा फाल्ने नेपालगन्जको श्री नन्दादेवी कन्सर्नलाई सडकमा फोहर फाले बापत दश हजार जरिवाना असुलेको छ ।

नन्दादेवीले म्याद नाघेका औषधीलगायतका फोहोर सुर्खेतरोडमा फालेको फेलापरेसँगै उपमहानगरले पहिलोपटकका लागि १० हजार जरिवाना गरेको जनाएको छ।

केही दिनदेखि सडकमा थुपारिएको फोहोर सडकमा यत्रतत्र छरिन थालेपछि उपमहानगरपालिकाको टोलीले उक्त फोहोरको बारेमा सोधीखोजी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, औषधी व्यवस्था विभाग, बाणिज्य कार्यालय सहित सुरक्षाकर्मीको उपस्थितिमा श्री नन्दादेवी कन्सर्नका सञ्चालक विजेन्द्रसिंह ठकुरीलाई पहिलो पटकलाई चेतावनी स्वरुप दश हजार जरिवाना असुल गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महशाखाका प्रमुख रामबहादुर चन्दले बताए ।

फोहर अनुगमन टोलीले सडकमा फालिएको फोहोरलाई तीन घण्टाभित्र व्यवस्थापन गर्न निर्देशन दिनुका साथै अर्को आदेश नहुँदा सम्म कारोबार बन्द गरेर औषधी व्यवस्था विभागमा उपस्थित हुन भनिएको औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो सातादेखि जथाभावी फोहोर फाल्नेलाई कडाई गर्न थालेको छ । फोहोर मैला व्यवस्थापन ऐन २०७५ को ‘घर कम्पाउण्ड तथा परिसरको फोहोर सडक वा अन्य सार्वजनिक स्थानमा राख्ने, फाल्ने वा थुपार्ने’लाई ५ हजारदेखि १५ हजार रुपैयासम्म जरिवाना गर्न सकिने एक नम्बर बुँदालाई टेकेर उपमहानगरपालिकाले कारबाही गरेको जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : १० बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक