९ श्रावण २०८३, शनिबार | July 25, 2026

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण



नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६ वटा बिभिन्न राष्ट्रिय व्यक्तित्वहरुको सालिक अनावरण गरिएको छ । संबिधान जारी गर्दा प्रधानमन्त्री रहेका सुशील कोइरालादेखि बिभिन्न आन्दोलनका क्रममा तोडफोड गरिएका विभिन्न व्यक्तित्वहरुको सालिक पुनः निर्माण गरि आज अनावरण गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सालिकहरूको आज एक कार्यक्रमबीच अनावरण गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टले आज बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरे । संविधान जारी गर्दाका बखत प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको अर्ध कदको नयाँ सालिक निर्माण गरि अनावरण गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार सम्पूर्ण परियोजनामा करिब ७८ लाख रुपैयाँ खर्च भएको छ ।

स्वर्गीय कोइरालाको अर्ध कदको सालिक ट्राफिक चोक नजिक रहेको उद्यानमा स्थापना गरिएको छ भने गणेशमान चोकस्थित नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको पूर्ण कदको सालिक ३ लाख ३१ हजार रुपैयाँको लागतमा मर्मत गरी पुनःस्थापना गरिएको छ ।

नेपालगन्जको इदगाहा चौकमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पूर्ण कदको सालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बताए ।

थापाका अनुसार धम्बोझी चोकस्थित स्वर्गीय पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको पूर्ण कदको सालिक ९ लाख ८२ हजार रुपैयाँमा निर्माण सम्पन्न गरिएको हो । त्यस्तै पुष्पलाल चोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय पुष्पलाल श्रेष्ठको सालिक ९ लाख ८७ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो ।

यसैगरी, न्युरोडस्थित सहिद सेतु विकको अर्ध कदको सालिक ४ लाख ८३ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ । विकले २०६२र६३ को जनआन्दोलनमा सोही ठाउँमा सहादत प्राप्त गरेकी थिइन् ।

उपमहानगरपालिकाका अनुसार गणेशमान सिंहको सालिक मर्मत गरिएको हो भने अन्य सबै सालिक नयाँ निर्माण गरिएका हुन् । कोइरालाको सालिक रहेको उद्यान बाहेक अन्य सबै सालिक अवस्थित चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

सुशील कोइराला र राजा वीरेन्द्रको सालिक बाहेक अन्य सालिक भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहका क्रममा क्षतिग्रस्त भएका थिए । राजा वीरेन्द्रको सालिक भने दोस्रो जनआन्दोलन २०६२/६३ का क्रममा तोडफोड गरिएको थियो ।

सालिक अनावरण पश्चात् प्रतिक्रिया दिँदै नगर प्रमुख विष्टले इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग जोडिएका व्यक्तित्वहरूको सम्मान गर्नुका साथै सार्वजनिक सम्पदाको संरक्षण गर्नु उपमहानगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गरे ।

 

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  १२ : ५८ बजे

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या