१७ बैशाख २०८१, सोमबार | April 29, 2024

‘घुम्न जाऔँ बन्दीपुर’ अभियान



दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप आन्तरिक तथा बाह्य पर्यटकलाई बन्दीपुर भित्¥याउन अभियान सुरु गरिएको जानकारी दिए । यसका लागि बन्दीपुरमा क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न सहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचारप्रसार गर्नेछन् ।

अभियानअन्तर्गत अध्यक्ष थापाको नेतृत्वमा टोली बुटवल पुगेको छ । बुटवलमा पुगेर बन्दीपुरको प्रचारप्रसार गर्दै घुम्नका लागि निम्तो दिने कार्यक्रम रहेको छ । उनले भने, “देशका प्रमुख सहरमा पुगेर घुम्न जाऔँ बन्दीपुरको प्रचारप्रसार गर्छौं । यसले गर्दा बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।”

पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको प्रचारप्रसारका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गरे । उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । यसको थप प्रचारप्रसार गर्न आवश्यक रहेकाले यो अभियान सुरु भएको हो ।”

होटल व्यवसायी वैश गुरुङले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि यो अभियान कोसेढुङ्गा हुने बताए । गाउँपालिकाका पर्यटन शाखाका सुरोज भट्टराईका अनुसार देशका प्रमुख सहरमा यो अभियान सञ्चालन हुनेछ । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवद्र्धनका कार्य प्राथमिकताका साथ अगाडी बढाइने गाउँपालिकाले जनाएको छ । बन्दीपुरलाई पर्यटकीय केन्द्र बनाइने र त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने अध्यक्ष थापाले बताए । बन्दीपुर गाउँपालिकाका छवटै वडामा रहेका पर्यटकीय गन्तव्यलाई विकास गरिने नीति लिइएको उनले बताए ।

उनले भने, “पर्यटकीयस्थलको सम्वद्र्धन र प्रवद्र्धन गरी गाउँपालिकालाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने सोच राखिएको छ । ” गाउँपालिकाभित्र रहेका घरबास (होमस्टे)को विकास, पर्यटकीय लक्षित उत्पादनलाई प्राथमिकतामा राखिइएको छ । गाउँपालिकाभित्र जीप फ्लायर र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ ।

पर्यटकीय नगरी बन्दीपुर भित्रिने पर्यटकको लगत राख्न पर्यटन सूचना केन्द्र स्थापना गरिने अध्यक्ष थापाले बताए । होमस्टेको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी ‘होमस्टे सर्किट’को विकास गर्ने नीति गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले आगामी माघ महिनामा सिद्धगुफा महोत्सव आयोजना गरी सिद्धगुफाको प्रचारप्रसार गर्ने लक्ष्य राखेको छ । बन्दीपुर बजारलाई थप आकर्षक बनाइने र यसलाई पौराणिक सहरको रुपमा विकास गरिने लक्ष्य राखिएको उनले बताए ।

बन्दीपुरका मुख्य बजार क्षेत्र संरक्षित क्षेत्र घोषणा भएको र यहाँ घर निर्माण गर्दा मौलिकता झल्किने खालको हुनुपर्ने नीतिलाई निरन्तरता दिइएको उनको भनाइ छ । सहासिक, धार्मिक र एग्रो टुरिजमसमेत सम्भावना भएकाले सोका लागि कार्यक्रम बनाउने र समग्र बन्दीपुरको जनजीवन, भाषा, कला, संस्कृति, वेशभूषा, चाडपर्व, रहनसन र रीतिरिवाज झल्कने सङ्ग्रहालय निर्माणको प्रारम्भ गरिने उनले बताए ।

मुकुन्देश्वरी पदमार्गको निर्माणलाई निरन्तरताका साथ थप विस्तार गर्दै हाफ म्याराथन र साइक्लिङिजस्ता पर्यटन प्रवद्र्धन लक्षित कार्यक्रम सञ्चालन गर्ने, बन्दीपुरको छिम्केश्वरी माइको दर्शनका लागि विशेष कार्ययोजना बनाई प्याकेजको रुपमा अगाडि बढाउन नीति क्षेत्रलाई प्रोत्साहन गरिने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १० : २३ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा