१८ माघ २०८२, आइतबार | February 1, 2026

‘आइएमई पे’ बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर



काठमाडौं । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश”- आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा गर्न लागेको कन्सर्टको टिकेटिङ पार्टनरान आइएमई पे चयन भएको छ ।

“हङ्गकङ्ग पोखरा”, “तगारोमा रूमाल”, “लेककी हे माया”, “तिमी पारी”, “डाँडापारी” आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य गरेको कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी- एल्फा स्क्वायरले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा-सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन् । दर्शकले आइएमई पेबाट टिकट लिन सक्ने प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ३ : ४९ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री