४ पुस २०८२, शुक्रबार | December 20, 2025

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना शीघ्र पारित गर्न निर्देशन



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको नियुक्तिमाथि प्रश्न उठाउँदै निजको शैक्षिक योग्यताबारे छानबिन गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउर्दै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो ।

समितिले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी कागजात तीन दिनभित्र समितिसमक्ष पेस गर्न निर्देशन पनि दिएको छ ।

पर्यटनमन्त्री पदेन अध्यक्ष रहने पशुपति क्षेत्र विकास कोष परिषद्को हालैको बैठकले कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो । बैठकमा सांसदहरुले कोषको भेटी व्यवस्थापन, जग्गा, सम्पदाको संरक्षणमा भइरहेको प्रगतिबारे जानकारी दिन आग्रह गरेका थिए । कोषका राजुकुमार खत्रीले कोषको गतिविधिबारे जानकारी गराएका थिए भने कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आयव्याप प्रस्तुत गरेका थिए ।

समितिले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा जग्गाधनी प्रमाणपत्र लिने व्यवस्था गर्न कोषलाई निर्देशन दिएको छ । कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरण पनि तीन दिनभि समितिलाई उपलव्ध गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको