८ चैत्र २०८२, आइतबार | March 23, 2026

भोलिबाट बुटवलमा सडक खाना महोत्सव हुँदै



बुटवल । आन्तरिक पर्यटनको पवर्द्धन तथा रात्रिकालीन बजारको पूर्वाधार निर्माण गर्न भन्दै बुटवलमा खाना महोत्सवको पाँचौं सृङ्खला हुने भएको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारा सहित शनिबारदेखि बुटवलमा सडक खाना महोत्सवको पाँचौं सृङ्खला आयोजना हुने भएको हो ।

महोत्सवको मुख्य आयोजक होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले आज पत्रकार सम्मेलन गर्दै खाना महोत्सवको तयारी पुरा भएको जनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, पर्यटन विकास परिषद बुटवलको प्रवद्र्धन तथा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ९ तीनकुनेदेखि उत्तरतर्फ नयाँ बस पार्कसम्मको सडकमा हुने महोत्सवको तयारी पूरा भएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

नेपाली खाना तथा कला संस्कृतिको संरक्षण सम्वद्धर्न गर्ने उद्देश्यले आयोजना गरिएको सडक खाना महोत्सवमा रात्रीकालीन विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उनले बताए । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित सडक खाना महोत्सव गर्न थालिएको उनले बताए ।

महोत्सवमा विभिन्न जातजाती र संस्कृतिका खानाका परिकारका स्टलहरु राखिने जानकारी दिँदै अध्यक्ष भण्डारीले महोत्सवमा १ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार गर्ने लक्ष्य रहेको बताए ।

महोत्सव सम्पन्न गर्नको लागि मूल समिति तथा विषयगत २९ वटा समिति गठन गरिएको छ । उज्यालो बुटवलको रुपमा विकास हुँदै गरेको कालिका पथको सडकमा आयोजना गरिएको खाना महोत्सवको प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गर्ने र कार्यक्रमको उद्घाटन अगाडि सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको र्याली निकालिने संघका महासचिव अर्जुन थापाले बताए ।

नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्घन, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारालाई यो वर्ष आत्मसात गरिएको संघले जनाएको छ । सन् २०२४ मा बुटवलको पर्यटन ब्यवसायलाई चलायमान बनाउन महोत्सवबाट मद्दत मिल्ने बताउँदै अध्यक्ष भण्डारीले बुटवललाई देश तथा बिदेशका पर्यटकहरुको हव बनाउन महोत्सव सार्थक बन्ने अपेक्षा गरे ।

संघका सचिव थमन भण्डारीले मौलिक पहिचान दिने खानाका परिकारसहितका एक सय स्टल दर्ता भएको जानकारी दिए ।

महोत्सवको पूर्वसन्ध्यामा होटल ब्यवसायीहरुले आज सडक खाना महोत्सवस्थल सरसफाई गरेका थिए । महोत्सवको समापन पछि पनि बृहद सरसफाई अभियान चलाईने आयोजकले जनाएको छ । यस अघिको महोत्सवमा समापन पछि फोहर यत्रतत्र छरिएको भन्दै आलोचना भएको थियो ।

 

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : ५० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय