काठमाडौं । नेकपा (एमाले)ले ललितपुरको बालकुमारी घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जली व्यक्त गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी उक्त घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
कोरिया भाषा परीक्षा इपिएसको विषयलाई लिएर बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन रावतको मृत्यु भएको र केही घाइते भएका थिए ।
प्रकाशित मिति :
१३ पुस २०८०, शुक्रबार ७ :
५७ बजे
प्रतिक्रिया