३० भदौ २०८३, मंगलबार | September 15, 2026

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बन्ने



काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाउने भएको छ ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जनाएका हुन् ।गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री प्रचण्डले घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ ।

आइतबार कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्नेछ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ४ : ३६ बजे

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध