काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । यद्यपि आज दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
शनिबार बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका जिल्लामध्ये केही स्थानमा हल्कादेखि मध्यम हुस्स तथा कुहिरो लागेको छ ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शनिबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



















प्रतिक्रिया