५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ



काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन ।

हिजो भएको घटनाका बारेमा प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा बोलाएर झन्डै १८ घन्टा पछि शनिवार बिहान घटनाको बारेमा ब्रिफिङ लिएका हुन ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए ।

ब्रिफिङमा उहाँहरूले घटनाको बारेमा जानकारी गराउँदै छानविन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका छन ।

प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका छन ।

हिजो दिउँसो कोरियाको इपिएस प्रणालीका बिषयलाई लिएर बेरोजगार समुहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजानी गरेका थिए ।

प्रदर्शनकारीले आगजानी गरे पछि प्रहरीले स्थीति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागेर तथा कुटपिटबाछ दुई बेरोजगार युवाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : ३३ बजे

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको