२ असार २०८२, सोमबार | June 16, 2025

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा रहेको छ : प्रधानमन्त्री

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ



काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।

शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए ।

प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।’

नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने बताए ।

प्रधानमन्त्रीले भने, ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ।’

बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए ।

उनलेभने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।’

आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित गरे ।

प्रधानमन्त्रीले भने, ‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस्।’

माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १० : ५६ बजे

विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन : किशोरसिंह राठौर

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको

नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगर सहित १ जना पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन

धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा

काठमाडौं । तीनकुने घटनामा मुछिएका राप्रपाका सांसद धवलशम्शेर राणा तीन

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजमा