४ श्रावण २०८२, आइतबार | July 20, 2025

अवैध उत्खननको आरोपमा वडाअध्यक्ष र क्रसर सञ्चालक पक्राउ



सिरहा । चुरे तथा वन क्षेत्रबाट अवैध रुपमा ढुङ्गा,गिट्टी,वालुवा र ग्राभेल उत्खनन्को सिफारिस दिएको भन्दै अध्यक्ष र क्रसर संचालकलाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्राउ गरी हिरासतमा राखेको छ।

वन क्षेत्रमा पोखरी गैरकानूनी ढङ्गले उत्खन्न सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष फनिन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलार्ई पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्सकाभेटर प्रयोग गरी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् कार्यमा ऐन, कानून विपरित सिफारिस गरि सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको हो।

कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुकै मिलोमतो कानुन विपरित अवैध उत्खनन् गरी विक्रिवितरण गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पनि नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको सूचना अधिकारी चौधरीले जनाए ।

गत ७ गते पुसमा सोही क्षेत्रबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले स्काभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पक्राउ गरिएको थियो।

पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जाानकाारी दिए ।

स्थानिय जनप्रतिनिधिहरुले आर्थिक प्रलोभनमा परि सिरहको उत्तरी क्षेत्रका वडाहरुमा ग्राभेल उत्खनन् गर्न पोखरीकेो सिफारिस दिन गरेको छ।

उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाएपनि यहाँबाट ग्राभेल तस्करहरुलाई सहज पार्न वडा कार्यालयहरुले अर्थिक प्रलोभन कै कारण गैर कानुनी रुपमा पोखरी खन्ने सिफारिस दिने गरेको स्थानीयहरु बताउछन्।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : १० बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

सिमकोट । सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध