२३ भदौ २०८३, मंगलबार | September 9, 2026

अवैध उत्खननको आरोपमा वडाअध्यक्ष र क्रसर सञ्चालक पक्राउ



सिरहा । चुरे तथा वन क्षेत्रबाट अवैध रुपमा ढुङ्गा,गिट्टी,वालुवा र ग्राभेल उत्खनन्को सिफारिस दिएको भन्दै अध्यक्ष र क्रसर संचालकलाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्राउ गरी हिरासतमा राखेको छ।

वन क्षेत्रमा पोखरी गैरकानूनी ढङ्गले उत्खन्न सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष फनिन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलार्ई पक्राउ गरेको हो।

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्सकाभेटर प्रयोग गरी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् कार्यमा ऐन, कानून विपरित सिफारिस गरि सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको हो।

कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुकै मिलोमतो कानुन विपरित अवैध उत्खनन् गरी विक्रिवितरण गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पनि नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको सूचना अधिकारी चौधरीले जनाए ।

गत ७ गते पुसमा सोही क्षेत्रबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले स्काभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पक्राउ गरिएको थियो।

पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जाानकाारी दिए ।

स्थानिय जनप्रतिनिधिहरुले आर्थिक प्रलोभनमा परि सिरहको उत्तरी क्षेत्रका वडाहरुमा ग्राभेल उत्खनन् गर्न पोखरीकेो सिफारिस दिन गरेको छ।

उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाएपनि यहाँबाट ग्राभेल तस्करहरुलाई सहज पार्न वडा कार्यालयहरुले अर्थिक प्रलोभन कै कारण गैर कानुनी रुपमा पोखरी खन्ने सिफारिस दिने गरेको स्थानीयहरु बताउछन्।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : १० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी