१८ चैत्र २०८२, बुधबार | April 1, 2026

धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो नेपाल सुपर लिगको उपाधि



काठमाडौं। ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

१–० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको थियो । ललितपुरको जितमा इमोह इजेकीएलले २ गोल गरेका थिए भने दिनेश हेम्जनले एक गोल गरेका थिए । ललितपुरका लागि पहिलो गोल इमोहले खेलको ४५औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ को अग्रता दिलाएका थिए ।

ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सबधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यस अघि खेलको ३८औँ मिनेटमा धनगढीका अफीज ओलावालेले गोल गर्दै शुरुवाती अग्रता दिएका थिए भने खेलको ९८औं मिनेटमा अहमद हिजाजीले दोस्रो गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

यस खेलमा खेलको ८०औं मिनेटमा धनगढीका रिचार्ड ओसेलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

पहिलो पटक फाइनलमा पुगेको ललितपुर सिटी एफसीले उपाधि चुमेको छ । यसअघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० ले पराजित हुदै बाहिरिएको थियो ।

२०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौं रेजर्ससँग १(० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको धनगढी यस पटक पनि उपविजेतामा सिमित भएको छ ।

एनएसएलको पहिलो सिजनको उपाधि जितेको काठमाडौं रेजर्स भने यस सिजनमा इलिमिनेटरमा ललितपुरसँग पराजित भएर बाहिरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ५३ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ