१६ बैशाख २०८१, आइतबार | April 28, 2024

धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो नेपाल सुपर लिगको उपाधि



काठमाडौं। ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल)को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

१–० ले पछि परेको खेलमा कमब्याक गर्दै ललितपुर सिटीले खेल जितेको थियो । ललितपुरको जितमा इमोह इजेकीएलले २ गोल गरेका थिए भने दिनेश हेम्जनले एक गोल गरेका थिए । ललितपुरका लागि पहिलो गोल इमोहले खेलको ४५औं मिनेटमा गरेका थिए । त्यसपछि खेलको ५१औं मिनेटमा दिनेशले गोल गर्दै ललितपुरको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा इमोहले आफ्नो दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ को अग्रता दिलाएका थिए ।

ललितपुरका इमोहले यस सिजनमा ६ गोल गर्दै सबधिक गोल गर्ने खेलाडी बनेका छन् ।

यस अघि खेलको ३८औँ मिनेटमा धनगढीका अफीज ओलावालेले गोल गर्दै शुरुवाती अग्रता दिएका थिए भने खेलको ९८औं मिनेटमा अहमद हिजाजीले दोस्रो गोल गर्दै धनगढीलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

यस खेलमा खेलको ८०औं मिनेटमा धनगढीका रिचार्ड ओसेलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएका थिए ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

पहिलो पटक फाइनलमा पुगेको ललितपुर सिटी एफसीले उपाधि चुमेको छ । यसअघि पहिलो सिजनमा ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३–० ले पराजित हुदै बाहिरिएको थियो ।

२०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौं रेजर्ससँग १(० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको धनगढी यस पटक पनि उपविजेतामा सिमित भएको छ ।

एनएसएलको पहिलो सिजनको उपाधि जितेको काठमाडौं रेजर्स भने यस सिजनमा इलिमिनेटरमा ललितपुरसँग पराजित भएर बाहिरिएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ५३ बजे

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना

भरतपुरमा सहिद लखन थापाको सालिक निर्माण

चितवन । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा

लुम्बिनी प्रदेशको तराईमा अत्याधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा