१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेपाल सुपर लिग : उपाधीका लागि आज धनगढी र ललितपुर भिडदैं



काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) कपको उपाधीका आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदैछ । यो खेल काठमाडौंस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौं रेजर्ससँग १(० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो ।

त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलआमा पुगेको छ । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो

क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३(० ले पराजित हुदै बाहिरिएको थियो ।
 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ४९ बजे

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन