२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपाल सुपर लिग : उपाधीका लागि आज धनगढी र ललितपुर भिडदैं



काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) कपको उपाधीका आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदैछ । यो खेल काठमाडौंस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौं रेजर्ससँग १(० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो ।

त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलआमा पुगेको छ । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो

क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३(० ले पराजित हुदै बाहिरिएको थियो ।
 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ४९ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३