२३ भदौ २०८३, मंगलबार | September 8, 2026

तेस्रो नेपाल सुपर लिगको ट्रफि बुटवल लुम्बिनीको होम टाउन बुटवलमा



बुटवल । तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफि प्रर्दशन देशका मुख्य शहरहरुमा शुरु भएको छ । धनगढीबाट शुरु गरिएको ट्रफि शनिबार बुटवल लुम्बिनी फुटबल क्लबको होम टाउन बुटवलमा आईपुगेको हो ।

चैतको दोस्रो हातादेखी काठमाडौंमा हुन लागेको एनएसएल लिगको ट्रफिसहित बुटवल लुम्बिनीको खेलाडी, टिम म्यानेजर, कोचहरु आज दिउँसो बुटवल उपमहानगरपालिका परिसर पुगेका छन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेलकुदको विकासमा पालिका निरन्तर लागेको बताए । खेल प्रतियोगिता, खेलाडी सम्मान, पूर्वाधारमा बजेट बिनियोजन गरेको भन्दै विद्यालय खेलकुद देखी अन्तराष्ट्रिय खेलाडी सम्मानका कार्यक्रममा जोड दिएको बताए । ‘फुटबल खेलमा १ करोड रुपैया बजेट बिनियोजन गरेको छ ।’-उनले भने ।

कार्यक्रममा बुटवल लुम्बिनी फुटबल क्लबका टिम कोच पुष्पलाल शर्माले ब्यवसायिक फुटबल प्रतियोगितामार्फत खेल र खेलाडीहरुलाई प्लेटफर्म दिने गरि तेस्रो संस्करणको प्रतियोगिता अन्तिम चरणमा पुगेको जानकारी दिए । चैत १३ गतेबाट शुरु हुने प्रतियोगितामा सात टिमले भाग लिनेमा प्रत्येक टिमले अक्सनमार्फत खेलाडी किन्ने काम सकेको उनले बताए । प्रत्येक टिममा ६ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, भलुही, भैरहवा हुदै लुम्बिनीसम्म ट्रफी प्रर्दशन हुनेछ ।

धनगढीबाट शुरु भएर प्रर्दशन लुम्बिनीपछि चितवन, झापा, पोखरा, ललितपुर, काठमाडौं पुगेर समापन गरिने टिमका टेक्निकल डाईरेक्टर याम गुरुङले बताए । प्रतियोगिताको उद्घाटन खेल चैतको १६ गते ललितपुर र काठमाडौंका बिचमा हुने छ । भने समापन बैशाख १३ गते हुनेछ । गतवर्ष प्रतियोगिताको उपाधि ललितपुर एफसीले जितेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : ३४ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३