२१ माघ २०८२, बुधबार | February 5, 2026

सुरुभयो बुटवलमा सडक खाना महोत्सव



बुटवल । बुटवलमा सडा खाना महोत्सवको पाँचौ सृङ्खला सुरु भएको छ । कालिकापथ स्थित इट्टाभट्टी लाइनमा आयोजना गरिएको सडक खाना महोत्सवको होटल ब्यवसायी तथा संघीय संसदका सदस्य बासुदेव घिमिरेले उदघाटन गरे ।

नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्घर्न, विकास र रोजगारीको सृजना हाम्रो अभियान नारासहित बुटवलमा पाँचौ सडक खाना महोत्सव २०८० मा बिभिन्न आदीबासी जनजातीको जातिय परिकार सहित सांस्कृतिक र परम्परा झल्कने खानाहरु समावेश गरिएका छन् ।

महोत्सवको उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य घिमिरेले खाना महोत्सवको ईतिहास करीब १० हजार वर्षअघि ग्रिसबाट शुरु भएको बताए ।

समुद्रमा पाईने माछाका परिकारहरु पकाएर सडकमा खाने रुपमा यो प्रचलनको सुरुवात भएको उनले बताए । उनले पछिल्लो समय भने शहरीकरणसंगै वातावरण स्वच्छ, हाईजेनिक रहेको पुष्टि गर्ने रुपमा यो चल्न थालेको बताए ।

रुपन्देहीमा भएका विकासको गतिलाई हेरेर ७० अरब भन्दा बढी नीजि क्षेत्रको लगानी भएको तथ्याक पछिल्लोसमय देखिएको उनले बताए । रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिदासमेत थेग्न सक्ने स्तरका होटलको क्षमता रहेको उनले दाबी गरे ।

कार्यक्रममा प्रदेश उद्योगमन्त्री रोज राणाले आफु खाना महोत्सवको बिरोधमा रहेको बताए । उनले कार्यक्रममा ल्याएर नेताहरुलाई खाना खुवाएर विकास नहुने बताउँदै विकासका लागि टेबलमा बस्नु पर्ने बताए । टेबलमा बसेर नीति निर्माणमा अघि बढ्नुपर्ने सुझाव दिदै नेताको भाषणबाट जनताहरु रुष्ट भैसकेको उनले बताए ।

उनले भारतीय पर्यटकलाई नेपालको सुरक्षा निमायले दुःख दिने गरेको बताउँदै सिमा नाकामा बाहेक गल्लीगल्लीमा टर्च लाईट बालेर चेकजाँच गर्ने परम्परा बन्द गर्न माग गरे । सुरक्षा निकायको भँझटका कारण भारतबाट आउने पर्यटक दोहोरयाएर नआउने गरेको उनको दाबी छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अब लुम्बिनीको विकास देशकै मोडल भएको बताए । लुम्बिनी प्रदेशमा बनाउनेभन्दा पनि ब्यवस्थापन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको बताए । बुटवल पीपी मोडलको नमुना शहर भएको दाबी गर्दै सरकारले गरेको जत्रो लगानीमा पनि बुटवलबासी आधा लगानी गर्न तयार रहेको बताए । उनले बुटवललाई जनताले धानेको शहरको संज्ञा दिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले ब्यवसाय प्रवद्र्घनमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताए । सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको उनले बताए ।

यसैबिच ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियम लगायत बाह्य पर्यटकहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । दिउँसो निकालिएको जनचेतनामुलक र्यालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । यसैगरी नेपाल महिला मगर संघ, बुटवल नगर कमिटि दोस्रो, उचिडहवा स्वावलम्बन समुह र तितेपाती सहकारी संस्था तेस्रो भए । यसैगरी समावेशी टोल बिकास संस्था र मिलन टोल विकास संस्था सान्त्वना भए ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ११ : ५२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता