८ चैत्र २०८२, आइतबार | March 22, 2026

निर्वाचनको २ दिनअघि लुम्बिनीमा विषयगत सभापतिको निर्वाचन स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन आउन २ दिन बाँकी छँदा सभामुख तुलाराम घर्तीले निर्वाचन स्थगित गराएका छन् । विशेष कारण देखाउँदै सभामुख घर्तीको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको छ ।

सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । यहि १७ पुसका लागि तोकिएको समितिका सभापतिको निर्वाचन निर्वाचनको मिति आउन २ दिन बाँकी छँदा स्थगित गरिएको हो ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन छन् । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।

६ समितिमा लेखासहित सहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी भएको स्रोतको दाबी छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुंगो नलागेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ४५ बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को