१७ माघ २०८२, शनिबार | February 1, 2026

औपचारिक शिक्षा नलिएका आमा स्तनपान गराउनेमा अगाडि



काठमाडौं । नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरुले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए ।

उनका अनुसार कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउँदा आधारभूत शिक्षा लिएका ६१ प्रतिशत र माध्यामिक शिक्षा लिएका ५३ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन् । उहाँले पढेलेखेका आमाहरुले पूर्ण स्तनपान गराउँदा स्तनको आकार बिग्रन्छ भनेर नगराउने गरेको बताए ।

उनले पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिर गर्ने आमा रहेको बताए । उनका अनुसार नेपालमा ५६ प्रतिशत आमाहरुले पूर्णस्तनपान गराउने गरेका छन् । कोशी प्रदेशमा ५३ प्रतिशत, मधेस प्रदेशमा ६५ प्रतिशत, बागमति प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत आमाहरुले बच्चालाई पूर्णस्तनपान गराउने गरेका छन् ।

यस्तै २२ प्रतिशत आमाहरुले दूधदानीबाट बच्चालाई दूध खुवाउने गरेका छन् । यस्तै आर्थिक रूपमा उच्च आयका आमाको तुलनामा न्यून आयभएका आमाहरुले धेरै मात्रामा पूर्णस्तनपान गराउने गरेको पाइएको छ ।

शाखा प्रमुख थापाका अनुसार न्यून आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् । यस्तै उच्च आय भएका आमामध्ये ४४ प्रतिशतले मात्र र मध्यम आय भएका ६१ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् ।

नेपालमा कुनै न कुनै समयमा स्तनपान गराउने ९९ प्रतिशत आमा छन् । यस्तै जन्मेका एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र जन्मेको दुई दिनसम्म पूर्ण स्तनपान गराउने आमा ५९ प्रतिशत छ । तथ्याङ्कअनुसार दुई वर्षसम्म स्तनपान गराउने आमाको सङ्ख्या ९४ प्रतिशत छ ।

विश्वमा दुई जना नवजात शिशुमध्ये एक जना नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ ।
(((

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ४ : ०५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले