२२ मंसिर २०८२, सोमबार | December 9, 2025

बालकुमारी घटना – मन्त्रीको सवारीले स्थिति असामान्य बन्यो : प्रहरी महानिरीक्षक कुँवर



काठमाडौं। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारी हुँदा स्थिति झन असामान्य बन्न पुगेको बताएका छन् ।

सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे जानकारी दिने क्रममा उनले प्रहरी र मन्त्रीको पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको बताए ।

‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ उनले भने, ‘प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखियो ।’

गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । युवाहरु प्रदर्शनमा उत्रिएका थिए । तर, प्रदर्शनकारीको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यही गर्ने अवस्थामा रहेको महानिरीक्षक कुँवरले बताए ।

सो घटनामा प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको जानकारी दिँदै उनले २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको बताए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : २३ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट