१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिके राउत र मन्त्री अनिता देवी पक्राउबारे सभामुख घिमिरेको चासो



काठमाडौं। सभामुख देवराज घिमिरेले जनमत पार्टीका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान पक्राउबारे चासो राखेका छन् ।

सोमबार ‘राष्ट्रिय धोती दिवस’भन्दै निकालिएको र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि राउत, देवी, खानसहित ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसदीय दलका नेता, सांसद तथा संसदीय समिति सभापति पक्राउ परेपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरबाट जानकारी लिएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार सभामुख घिमिरेसँगको फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर प्रहरी नियन्त्रणमा रहेका सांसदहरुलाई छुटाउने बताए ।

लगत्तै भृकुटीमण्डप पुगेर गृहमन्त्रीले सांसदहरुले छुटेको जानकारी दिएका थिए भने प्रहरी महानिरीक्षक कुँवरले घटनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ३२ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्