२२ मंसिर २०८२, सोमबार | December 9, 2025

बालकुमारी घटना : भौतिक पूर्वाधारमन्त्री र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न राज्यव्यवस्थाको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले आगामी दिनमा यस प्रकारका घटना नहोस् भनी सम्बन्धित सबै पक्षलाई सजग र जिम्मेवार रहनसमेत निर्देशन दिएको छ । बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेका थिए ।

सरकारले सो घटनाको निष्पक्ष र वस्तुगत अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

बैठकले मृतकका परिवारलाई थप आर्थिक राहत तथा मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति रामहरि खड्काले जानकारी दिनुभयो । बैठकले सुरक्षा निकायलाई पर्याप्त मात्रामा आवश्यक स्रोत साधन उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट