३१ श्रावण २०८३, आइतबार | August 16, 2026

मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ



काठमाडौं। बैकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी घर भई काठमाडौंको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वर प्रसाद शर्मा रहेका छन्।

शर्माले बैकिङ कसुर मुद्दामा थुनामा रहेका जाहेरवालासँग कुरा गरी न्यायाधिशहरू आफ्नो सहपाठी भएको र जाहेरवालालाई सजिलै उक्त बैकिङ कसुर मुद्दामा कानुनी उन्मुक्ति दिलाउने भन्दै विभिन्न बैक खाता समेतमा रकम जम्मा गर्न लगाई १० लाख १६ हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार थापागाउँबाट पक्राउ गरेको हो।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ९ : ०८ बजे

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि