१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

तीन पटक ‘जीवनरेखा’ को सेट छाडेर भागेका थिए शिव श्रेष्ठ



काठमाडौं । अभिनेता शिव श्रेष्ठले डेब्यु फिल्म ‘जीवनरेखा’को सेट छाडेर तीन पटक भाग्ने कोशिस गरेको बताएका छन् ।

चलचित्र प्रकाश सुवेदीको सोमा आफ्नो चलचित्र यात्राको कुरा गर्दै उनले संयोगले हिरो बनेको र सुटिङकै बीचमा सक्दिन भनेर भाग्न चाहेको बताएका हुन् । उनले आफूलाई अभिनयमा रुचि नभए पनि निर्देशक प्रकाश थापाले कसरी हिरो बनाए भन्ने कुराको पनि स्मरण गरेका थिए ।

‘विराटनगरको जलजला हलमा उहाँको सिन्दुर भन्ने चलचित्र चलिरहेको रहेछ । सोही सिलसिलामा उहाँ जलजला आएको बेला क्याराम बोर्ड खेलिरहेका साथीहरु उहाँलाई भेट्न गएपछि म पनि गएको थिएँ । त्यसको भोलिपल्ट उहाँले मलाई फिल्म खेल्न प्रस्ताव गर्नुभयो,’ उनले भनेका छन्, उहाँले तिमी हिरो बन्नुपर्छ भन्दा, मलाई फाइट साइटको रोल दिनुस् भनेको थिएँ । तर अन्तर्वार्ता के के गर्दा मलाई नै छान्नु भएछ । तर सुरु गर्ने बेलामा मात्र होइन, सुटिङको बीचमा पनि सक्दिन भनेर मैले भाग्ने कोशिस गरेको थिएँ ।’

उनले निर्देशक प्रकाश थापाको नक्कल गर्दा गर्दै पहिलो फिल्मको काम सकाएका पनि बताएका थिए । विसं २०३९ सालमा प्रदर्शन भएको चलचित्रबाट शिव श्रेष्ठसँगै अर्जुनजंग शाहीले पनि डेब्यु गरेका थिए । मन्जुकुमार श्रेष्ठले छायांकन गरेको चलचित्रमा नेपालको पहिलो रंगिन चलचित्र कुमारी अभिनेत्री चैत्यदेवीले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : ०७ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का