३१ श्रावण २०८३, आइतबार | August 16, 2026

नयाँवर्ष मनाउन आएका दुई भारतीय पर्यटकको रौतहटमा मृत्यु



रौतहट । रौतहट स्थित भारत विहार राज्यको सीतामढीबाट अंग्रेजी नयाँवर्ष मनाउन आएका दुईजना युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा सवार मध्ये दुईजना भारतीय युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा सितामाढी जिल्ला डुमरीका ३५ वर्षिय पिंकु सिंह र सोही गाउँका २२ वर्षीय अवधेश झा रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको क्रममा गएराती नारायणी अस्पताल विरगंजमा मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन ।

नयाँ वर्षमा पिकनिक मनाएर बाग्मती  नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।

दुर्घटनामा टेम्पो चालक सर्लाहीको बाग्मती नगरपालिका-६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनी सहित सबै ६ जना घाईते भएका थिए । गम्भीर घाईते भारतीय नागरिक सिंह र झा लाई चन्द्रपुरमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाईएको थियो ।

अटोमा सवार चन्द्रपुर-५ का समिर अन्सारी, गरुडा-६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएका थिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ । घाईतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रपुरले ठक्कर दिने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका-६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नरायणी अस्पतालमा राखिएको छ ।

बिहारमा मुख्यमन्त्री नीतीश कुमारको सरकारले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको कारण वर्षको बिशेष अवसरमा हजारौँ भारतीय रौतहटको नुनथर, सर्लाहीको भारत ताल लगायतको पर्यटकिय स्थलमा आउने गर्दछन ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ४४ बजे

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि