११ श्रावण २०८१, शुक्रबार | July 26, 2024

नयाँवर्ष मनाउन आएका दुई भारतीय पर्यटकको रौतहटमा मृत्यु



रौतहट । रौतहट स्थित भारत विहार राज्यको सीतामढीबाट अंग्रेजी नयाँवर्ष मनाउन आएका दुईजना युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा सवार मध्ये दुईजना भारतीय युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा सितामाढी जिल्ला डुमरीका ३५ वर्षिय पिंकु सिंह र सोही गाउँका २२ वर्षीय अवधेश झा रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको क्रममा गएराती नारायणी अस्पताल विरगंजमा मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन ।

नयाँ वर्षमा पिकनिक मनाएर बाग्मती  नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।

दुर्घटनामा टेम्पो चालक सर्लाहीको बाग्मती नगरपालिका-६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनी सहित सबै ६ जना घाईते भएका थिए । गम्भीर घाईते भारतीय नागरिक सिंह र झा लाई चन्द्रपुरमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाईएको थियो ।

अटोमा सवार चन्द्रपुर-५ का समिर अन्सारी, गरुडा-६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएका थिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ । घाईतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रपुरले ठक्कर दिने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका-६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नरायणी अस्पतालमा राखिएको छ ।

बिहारमा मुख्यमन्त्री नीतीश कुमारको सरकारले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको कारण वर्षको बिशेष अवसरमा हजारौँ भारतीय रौतहटको नुनथर, सर्लाहीको भारत ताल लगायतको पर्यटकिय स्थलमा आउने गर्दछन ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १ : ४४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान