१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश खेल्दै



काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा विभागीय टोली एपीएफ र कोशी प्रदेशबीच उपाधि भिडन्त हुनेछ ।

प्रतियोगितामा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै, पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा एपीएफ र कोशीबीच आज तेस्रो भिडन्त हुँदैछ । यस अघिका दुवै खेलमा एपीएफले जितेको थियो । लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ७ : ५३ बजे

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक