१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परिक्षण आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको छ । यसैगरि निशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षण एव्म परामर्श पनि प्रदान गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : १३ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा