१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेप्से परिसूचकमा ओरालो यात्रा जारी



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । सो कम्पनीको रु ३३ करोड ४५ लाख १५ हजार छ सय ४५ बराबरको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु १९ करोड ४८ लाख २६ हजार छ सय ८८, माउण्टेन इनर्जी रु १८ करोड ६४ लाख ८५ हजार चार सय ७३, एनआरएन इन्फास्ट्रचर रु १६ करोड २९ लाख ३८ हजार चार सय ४४ र युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर रु १५ करोड ६९ लाख तीन हजार नौ सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार कालिका पावर कम्पनी, सिङ्गटी हाइड्रो नेपाल बेयर हाउस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी नौ दशमलव ९८ र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्यारेन्स छ दशमलव ५६, मन्दकानिकी हाइड्रोपावर पाँच दशमलव ८०, नेपाल दूरसञ्चार कम्पनी पाँच दशमलव ४५, जानकी फाइनान्स पाँच दशमलव २८ र युनिलिभर नेपालका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन् । सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार चार सय ५९ बराबर पुगेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : २९ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश