२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेप्से परिसूचकमा ओरालो यात्रा जारी



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । सो कम्पनीको रु ३३ करोड ४५ लाख १५ हजार छ सय ४५ बराबरको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु १९ करोड ४८ लाख २६ हजार छ सय ८८, माउण्टेन इनर्जी रु १८ करोड ६४ लाख ८५ हजार चार सय ७३, एनआरएन इन्फास्ट्रचर रु १६ करोड २९ लाख ३८ हजार चार सय ४४ र युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर रु १५ करोड ६९ लाख तीन हजार नौ सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार कालिका पावर कम्पनी, सिङ्गटी हाइड्रो नेपाल बेयर हाउस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी नौ दशमलव ९८ र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्यारेन्स छ दशमलव ५६, मन्दकानिकी हाइड्रोपावर पाँच दशमलव ८०, नेपाल दूरसञ्चार कम्पनी पाँच दशमलव ४५, जानकी फाइनान्स पाँच दशमलव २८ र युनिलिभर नेपालका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन् । सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार चार सय ५९ बराबर पुगेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : २९ बजे

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति