१८ असार २०८३, बिहिबार | July 2, 2026

रुपन्देहीको देवदहमा रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० हुने



देवदह । रुपन्देहीको देवदहमा रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० हुने भएको छ । रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले युवाहरुलाई लक्षित गर्दै क्रिकेटको माध्यमबाट वडा, समाज, क्षेत्र, जिल्ला गर्दै राष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गरी देवदहको गरिमालाई थप उचाईमा पुऱ्याउने उद्देश्य सहित उक्त प्रतियोगिता आयोजना गरेको हो ।

क्लबले बुधबार देवदह ५ मा रहेको ईन्टेक रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी यहि पुष पौष २१ गते देखी डि.सि.यु. ग्राउण्ड, देवदह-७, शितलनगरमा प्रतियोगिता हुने जानकारी गराएको हो ।

शनिबारदेखि सुरु हुन लागेको उक्त खेलमा सम्पूर्ण खेलप्रेमीहरुको उत्साहपूर्ण सहभागिता रहने क्लबका अध्यक्ष बिक्रम भुषालले बताएका छन् । अध्यक्ष भुषालले देवदहमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गरी देवदह नगरपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा परिचित गराउने, युवाहरुलाई लागूपदार्थ, मध्यपान, धुम्रपान, जुवातास जस्ता दुर्व्यसनको रोकथाम गर्न जनचेतना जगाउँदै खेलप्रति आकर्षित गर्ने कार्यक्रमको उद्देश्य रहेको बताएका छन् ।

प्रतियोगितामा अनुमानित २ लाख पचास हजार रुपैयाँ खर्च लाग्ने आयोजक संस्थाले जनाएको छ । हाल सम्म भने १८ टिम दर्ता भईसकेको र अरु पनि थप हुने संस्थाले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एकाउन्न हजार एकाउन्न रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद पच्चिस हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उक्त कार्यक्रममा देवदह क्रिकेट युनिटका पुर्व अध्यक्ष रबि बल्लभ रेग्मी, खेल संयोजक अर्जुन जि.सी लगाएत क्लबका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष बिक्रम भुषालको अध्यक्षता र क्लबका बर्ष २३/२४ का ईलेक्ट प्रेसिडेन्ट सन्दिप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : २८ बजे

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका

कर्णाली राजमार्गमा सवारी दुर्घटना, एकजनाको शव फेला

सुर्खेत । कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु