२ पुस २०८२, बुधबार | December 17, 2025

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत ७ विकेटले विजयी



काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ । टेस्टको दोस्रो दिन भारतले पाएको ७९ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो ।

यस अघि टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको थियो । दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले १०६ रनको शतकीय पारी खेलेका थिए । उनलाई अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन् ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ६ विकेट लिएका थिए भने मुकेश कुमारले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक एक विकेट लिएका थिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा ५५ रनमा अल आउट भएको थियो भने भारतले १५३ रन बनाएको थियो ।

यो जितपछि २ खेलको सिरिजमा १-१ को बराबरीमा सकिएको छ । यसअघि दक्षिण अफ्रिकाले पहिलो खेल एक इनिंग र ३२ रनले जितेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : ३५ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व