३१ श्रावण २०८३, आइतबार | August 17, 2026

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत ७ विकेटले विजयी



काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ । टेस्टको दोस्रो दिन भारतले पाएको ७९ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो ।

यस अघि टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको थियो । दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले १०६ रनको शतकीय पारी खेलेका थिए । उनलाई अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन् ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ६ विकेट लिएका थिए भने मुकेश कुमारले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक एक विकेट लिएका थिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा ५५ रनमा अल आउट भएको थियो भने भारतले १५३ रन बनाएको थियो ।

यो जितपछि २ खेलको सिरिजमा १-१ को बराबरीमा सकिएको छ । यसअघि दक्षिण अफ्रिकाले पहिलो खेल एक इनिंग र ३२ रनले जितेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : ३५ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण