२९ मंसिर २०८२, सोमबार | December 15, 2025

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन आज



कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नयाँ भवन आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्ने जनाइएको छ ।

भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।

नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी ९रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम०समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उनले दिए ।

वि सं २०७७ मा पुस्तकालय भवन निर्माण सुरुआत भएको थियो । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : ४४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार