७ श्रावण २०८३, बिहिबार | July 23, 2026

७ अर्बको आन्तरिक ऋण उठाउन सरकारले राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दै



काठमाडौ। सरकारले विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाउने भएको छ ।

७ अर्बको आन्तरिक ऋण उठाउनको लागि नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारीगर्न लागेको राष्ट्र बैंकले एक सुचना जारी गदै जनाएको हो। यस ऋणपत्रका लागि आइतबार पुस २२ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ ।

बैंकले सो ऋण ८ वर्षे अवधि भएको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको जनाएको छ ।

यसको निष्कासन मिति भने पुस २३ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । सूचनामा उल्लेख गरिए अनुसार इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने गरिएको छ ।प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५५ र १५५ छुट्याइएको छ । केन्द्रिय बैकका अनुसार बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने छ ।

ऋणपत्रमा घटी र कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ३७ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट