८ चैत्र २०८२, आइतबार | March 22, 2026

सखिया नाचको गीतले थारु बस्तीमा रौनक थपिँदै



दाङ । माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ । थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ । दाङका थारु बस्ती माघीमय भएका छन् ।

पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमङ्ग एवं उत्साह जगाउने गरेको छ । सखिया नाचले थारु समुदायको सदियौँदेखिको वेषभूषा, परम्परा र लोकसंस्कृति झल्काउने गरेको घोराही उपमहानगरपालिका–७ का ७२ वर्षका थारु अगुवा बेझलाल चौधरी बताउँछन् ।

पुस्तौँदेखि मनाइँदै आएको ठूलो चाड माघी पर्व मनाउन थारु समुदायका घरमा विषेश तयारी भइरहेको छ । चौधरीले भने, “नयाँ वर्षका रुपमा माघी पर्वलाई उत्सवका साथ मनाइन्छ, घरमा पकाइएका खानाका मिठा परिकारको खानपिन र नाचगान गरेर रमाइलो गरिन्छ ।” थारु समुदायका बस्तीमा माघीको सखिया नाचका मादल घन्किएका छन् । युवायुवतीले आफ्नो वेषभूषामा सजिएर नाचगान गरी माघीको तयारी गरिरहेका छन् ।

घोराही–४ सुनपुरका धनकुमारी चौधरीले थारु बस्तीमा माघीको तयारी भइरहेको बताए । उनले भने, “पुरुष घर बाहिरको चाजोपाँजो मिलाउन व्यस्त हुनुहुन्छ । महिला खानपिनको तयारीमा छौँ, दाउरा, पातको बन्दोबस्ती गरिसकेका छौँ । ढिक्री, अनदीको भात रोटी, पुरी, घोघी र घरकै अन्न प्रयोग गरी जाँडलगायतका खानाका मिठा परिकारका लागि चाहिने वस्तुको व्यवस्थापन गर्न व्यस्त छौँ ।”

माघमा नाचिने मघौटा नाचको तयारी पनि भइरहेको छ । बेलुकाको खानापछि गाउँका दिदीबहिनी मतवाको घरमा जम्मा भएर नाचको तयारी गर्ने गरेको उनले बताए । सखिए नाचको मादलले गाउँघर रमाइलो भएको छ । थारु संस्कृतविद् अशोक थारुले आधुनिकताका कारण थारु संस्कार, संस्कृति ओझेलमा पर्न थालेकाले यसलाई सबैले जगेर्ना गर्नुपर्ने बताए ।

थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै स्थानमा जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने गरिन्छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ ।

उनले भने, “माघमा नाचगान, खानपिन र वार्षिक कार्ययोजनालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ, पुसको महिना तयारी गर्ने र माघमा गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ, माघीपर्वसँगै गाउँको मुख्य व्यक्तिका रुपमा रहने भलमन्सा (बडघर)लगायत छनोट हुने गर्छ ।”

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ५० बजे

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को