१४ असार २०८३, आइतबार | June 29, 2026

टुँडिखेलमा मगर र थारु समुदायको माघी कार्यक्रम



काठमाडौं । नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’÷माघी महोत्सव र साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । महोत्सवमा दुवै समुदायले आ–आफ्ना रहनसहन, वेशभूषा र जातीय पहिचान झल्कने साँस्कृतिक झाँकीसहित गीतसङ्गीत प्रस्तुत गरेका थिए ।

नेपाल मगर सङ्घद्वारा आयोजित ‘प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सङ्क्रान्ती–२०८१’ कार्यक्रममा मगर समुदायको पहिचान झल्कने घुमाउने घर र सो समुदायले प्रयोग गर्दै आएका कृषि औजारलगायत मौलिक र सांस्कृतिक रहनसहन वेशभूषा प्रदर्शनमा राखिएको थिए ।

सो अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेमश गुरुङले राजनीतिक, सामाजिक, भाषिक र सांस्कृतिक अधिकार प्राप्त गर्न मगर समुदाय एकताबद्ध भएर लाग्नुपर्ने बताए । सङ्घका सल्लाहकार एवं संविधानसभा सदस्य अमरसिंह पुनले राणा र राजतन्त्रविरुद्ध एकताबद्ध भएर लडेका राजनीतिक दल र नेतृत्वले मुलुकको समृद्धिका निमित्त सामूहिक तथा एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिए ।

स्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिकरुपमा धनी मगर समुदायले संस्कृति संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताए ।

यस्तै थारु कल्याणकारीसभाले आयोजना गरेको ‘थारु राष्ट्रिय माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम’मा थारु महिला लेहेङ्गा, चोली, कन्सेरी, झुम्का, बुँलाकी, पगिया र कारालगायत मौलिक पोसाक तथा गहनामा सजिएका थिए । थारु समुदायका कलाकारले झुमरा, मघौटा, धुमरु, डम्फु, छलिया र छोक्रा नाच प्रस्तुत गरेका थिए ।

ढिक्री, अनदीको भात, मुरही, बरिया, घुँगी, गङ्गटा, सिपी, मुसाको चटनी, परेवाको सुपलगायत स्थानीय परिकार बिक्रीमा राखिएको छ । महोत्सवमा एक सयभन्दा बढी स्थानीय खानाका ‘स्टल’ राखिएका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : २३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा