११ कार्तिक २०८३, बुधबार | October 28, 2026

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा विद्युतीय गाडीका सेवाग्राही समस्यामा



भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।

झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ ।

एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न आउनुभएका गोरखाका धु्रव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे । उनले एसी चार्जरबाट चार्ज गर्दा घण्टाँै कुर्नुपर्ने समस्या रहेको बताए । उनले २० मिनेटमा गाडी जम्मा छ प्रतिशत चार्ज भएको बताए। “बिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो”, उनले भने, “अहिले त दुई तीन घण्टा कुर्नुपर्छ ।” उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताए ।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए । उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने बताए । “भन्सारमा सामान आएको हप्तादिन भयो”, उनले भने, “सम्भवत आज भन्सार छुटेर सामान काठमाडौँ आइपुग्छ ।” उनले एक दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ । केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताए । उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिए । उनले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताए। उनले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताए। चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।
रासस

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १० : २२ बजे

छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते