२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौंबाट ४७ किलो चाँदीका गरगहनासहित तीन जना पक्राउ



काठमाडौं । प्रहरीले ४७ किलो चाँदीका गरगहनासहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले कलैया नगरपालिका १० बारामा कामेश्वर शाह, बीरगन्ज महानगरपालिका ३ पर्साका सुमनकुमार सरार्फ र बिश्रामपुर गाउँपालिका ५ पर्साका मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमाविभिन्न ठाउँमा छापा हानेको थियो। त्यसक्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको एसपी रेगमीले बताए।

पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : २४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले