६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

काठमाडौंबाट ४७ किलो चाँदीका गरगहनासहित तीन जना पक्राउ



काठमाडौं । प्रहरीले ४७ किलो चाँदीका गरगहनासहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले कलैया नगरपालिका १० बारामा कामेश्वर शाह, बीरगन्ज महानगरपालिका ३ पर्साका सुमनकुमार सरार्फ र बिश्रामपुर गाउँपालिका ५ पर्साका मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमाविभिन्न ठाउँमा छापा हानेको थियो। त्यसक्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको एसपी रेगमीले बताए।

पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : २४ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक