२३ चैत्र २०८२, सोमबार | April 6, 2026

‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पु-याउन जरुरी छ’



काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पु-याउन जरुरी रहेको बताएका छन । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत समारोहको उद्घाटन गर्दै उनले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।

“ज्योतिष विज्ञानलाई थप वैज्ञानिक बनाउन जरुरी छ, यसलाई अगाडि बढाउन सरकारले आवश्यक सहयोग गर्नेछ”, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष विज्ञानलाई हचुवाको भरमा प्रयोग गर्ने र जीविकोपार्जनको माध्यम बनाउन नहुने उनले बताए ।

“खगोलको बारेमा नयाँ नयाँ कुरालाई ज्योतिष विज्ञानमार्फत अगाडि बढाउनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने । ज्योतिष अध्ययनलाई निश्चित कार्यविधि र मापदण्ड बनाउन जरुरी रहेको उनले उल्लेख गरे ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले सरकारले ज्योतिषलाई अनुमतिपत्रको व्यवस्था मिलाउनुपर्ने बताए । उनले देशभरका १४ हजारभन्दा बढी ज्योतिष परिषद्मा आवद्ध रहेका जानकारी दिए ।

विसं २०५३ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्ला, सात प्रदेश र उपत्यकामा आफ्नो शाखा विस्तार गरिसकेको छ । आगामी वर्ष चैत शुक्ल प्रतिपदाको दिनलाई राष्ट्रिय ज्योतिष दिवस मनाइने परिषद्का अध्यक्ष माधवराज पाण्डेले बताए । परिषद्ले रजतजयन्ती समारोहमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ११ बजे

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ