३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

बुटवल गोल्ड मार्टको तस्रो अधिवेशन सम्पन्न, सुनारको नेतृत्वमा नयाँ समिति चयन



बुटवल । बुटवल गोल्ड मार्ट प्रा.लि., बुटवलका तेस्रो अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण बहादुर सुनारको अध्यक्षता ११ सदस्यीय नया सञ्चालक समिति गठन गरेको छ ।

सञ्चालक समितिको सदस्यहरुमा प्रेम बहादुर सुनार, हर्ष बहादुर विक, इन्द्र बहादुर सुनार, इन्द्र बहादुर विक, हर्ष बहादुर विक, किशोर बहादुर विक, शेर बहादुर गहतराज, गोकुल विक, हरि गहतराज, दलबहादुर रिसाल, चुरामणी विक र रामप्रसाद कालिराज निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुमन अधिकारीले जानकारी दिए ।
नवनिर्वाचित सञ्चालक समितिलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले प्रमाणपत्र प्रदान गरेका थिए भने निर्वाचन समितिका संयोजक सुमन अधिकारीले पदको शपथ खुवाएका थिए ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले व्यवसायिक एकताबाट मात्र व्यवसाय फस्टाउने हुदा व्यवसायीक हितमा सबै एक भएर अगाडी बढ्न आग्रह गरे ।

उनले सुनचादी जस्तो बहुमुल्य धातुको कारोवारमा राज्यले अपनाएको केन्द्रीकृत नितिले अवैध धन्दालाई प्रश्रय दिएको छ भने सोझा र साना व्यवसायी मारमा परेको अवस्था देख्दा दुःख लागेको बताए । प्रमुख अतिथि चापाईले सुनचादी व्यवसायमा सुरक्षाको निकै चुनौति रहेको उल्लेख गर्दै उपभोक्ताहरुको हितमा व्यवसायीहरुले पनि ध्यान पु¥याउनु पर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवी अर्यालले स्थानिय सरकार सुनचादी व्यवसायीहरुका समस्याप्रति सधै सचेत रहेको उल्लेख गर्दै सुनचादी व्यवसायमा रहेको कालिकढको समस्या समाधान गर्न तालिमको प्रवन्ध मिलाउदै वजेट विनियोजन गरेको जानकारी गराएका थिए ।

नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य एंव संस्थाका संस्थापक अध्यक्ष दीपक कुमार विकले परम्परागत रुपमा चलेको हाम्रो व्यवसायका समस्याहरु ज्युका त्यू रहेको उल्लेख गर्दै कानुनी रुपमा हामीले झेल्नु परेका समस्याप्रति राज्य गम्भिर नबनेको गुनासो गरे ।

प्रालिका कार्यबहाक अध्यक्ष कृष्ण बहादुर सुनारको अध्यक्षता, सञ्चालक सदस्य सरोज गहतराजको स्वागत तथा चुरामणी विकको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्य पालिका सदस्य सुनिता खड्लुक, सुनचादी व्यवसायी संघका जिल्ला उपाध्यक्ष सुरेश बज्राचार्य, बुटवल सुनचादी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा लगायत बोलेका थिए ।

बुटवलमा रहेका सुनचादी व्यवसायीहरु सहभागी भएर स्थापना गरेको बुटवल गोल्ड मार्टले कोटामा प्राप्त सुन खरिद गरि व्यवसायीहरुलाई विक्रि गर्ने प्रबन्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : ०९ बजे

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

रौतहटमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

वीरगन्ज । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार