१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पूर्वराजा ज्ञानेन्द्रसँग बढेको दूरी घटाउन सकेनन् कमल थापाले



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच बढेको दूरी कम हुन सकेको छैन । विभिन्न धार्मिक तथा नागरिक अभिनन्दन कार्यक्रममा कमल थापालाई सहभागी गराइएको छैन ।

आफूअनुकूल राजनीतिक एजेण्डा लिने र बेलाबखत राजसंस्था र पूर्वराजपरिवारका सदस्यमाथि आक्षेप लगाउने गरेका कारण अध्यक्ष थापाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले विश्वास गर्न छाडेका उनीनिकट व्यक्तिहरु बताउने गर्छन् ।

राप्रपा अध्यक्षमा पराजित भएपछि राजसंस्था र पूर्वरााजपरिवारका सदस्यविरुद्ध खरो अभिव्यक्ति दिएका थापा फेरि राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको एजेण्डामा फर्किएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्रले भने उनीमाथि विश्वास गरिसकेका छैनन् ।

२०७८ मंसिरमा भएको राप्रपाको एकताको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले आफ्नो पराजयमा पूर्वराजपरिवारको सदस्यको हात रहेको आरोप लगाएका थिए । सो महाधिवेशनमा लिङ्देनले १८१७ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुँदा थापाले १६१७ मत प्राप्त गरेर पराजय व्यहोरेका थिए । तर, थापाले यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई मात्रै लगाएनन् राजसंस्थाको एजेण्डा नै छाडेको घोषणा गरेका थिए । अध्यक्षमा पराजयलाई स्वीकार्न नसकेका उनी राप्रपामा प्रवेश गरेर अध्यक्ष बनेका थिए ।

आफ्नो पराजयको कारक निर्मल निवासको हस्तक्षेप रहेको आरोप लगाउँदै थापाले भनेका थिए, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूलसंवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

उनले राजसंस्थाको एजेण्डा छाडेको यो पहिलोपटक थिएन । २०७० सालको संविधानसभाको निर्वाचन ताका पनि आफूले एजेण्डा परिवर्तन गर्न सक्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रसँग घुर्की लगाएका थिए । आफूअनुकुल राजसंस्थाको छाड्ने र लिने गरेका कारण अध्यक्ष थापाप्रति पूर्वराजा ज्ञानेन्द्रले विश्वास गरिहाल्न नसकेको राप्रपा नेपालनिकट नेताहरु बताउँछन् ।

राप्रपाको अगुवाइमा भइरहेका पूर्वराजा ज्ञानेन्द्रका गतिविधिमा अध्यक्ष थापा सहभागी भएको देखिँदैन । पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका शीर्षनेताहरुसँग भेटघाट गरेका तस्बिर सार्वजनिक भइरहँदा राप्रपा अध्यक्ष थापासँग भेटवार्ता भएको देखिँदैन । यसर्थ अझै अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्रसँग बढेको दूरी अझै कम गर्न नसकेको देखिएका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : १५ बजे

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने

नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट