२० मंसिर २०८२, शनिबार | December 6, 2025

आगो ताप्दा जलेकी बर्दियाकी बृद्धाको मृत्यु



बर्दिया । बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका(५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।

उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बुधबार दिउँसो करिब साढे ३ बजे आफू सुत्ने कोठामा आगो बालेर उनी सुतेकी थिइन्। प्रहरीका अनुसार उनले ओढेको ब्लाङकेटबाट आगो सल्किँदा उनी घाइते भएकी थिइन्।

थारूलाई बर्दिया अस्पतालमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि नेपालगन्ज लगिएको थियो।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : ०७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय