३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्री कार्की



विराटनगर। मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् ।

अग्रसेन भवन विर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्य शिश र अखण्ड ज्योति ल्याउने समूहको विदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताएका हुन् ।

‘व्यवसाय, व्यवसायी, उद्योगी र ब्यापारीको परिभाषा कोशीले बदलेर ब्यवसायलाई सरकार बाहिर होइन सरकारभित्रको नै अंग भएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ’, उनले भने, ‘सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन । साझेदार हुनै सक्दैन ।’ कोशी सरकार व्यवसाय मैत्री भएकाले सबैलाई हातेमालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउन मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

‘सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासका लागि तालिम, प्रविधि हस्तान्तरण, पूँजी लगायत सहयोग गर्छ’, उनले भने, ‘व्यवसायी सरकार भन्ला अलग हो, लुट्छ, कर छल्छ भन्ने बुझाइ कोशी सरकारले बदल्छ ।’

यहाँका उद्योगी, व्यवसायीले धेरै भन्दा धेरै आमदानी गरेर धेरै भन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु अपरिहार्य रहेको उनले बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले विदेशमा महंगो मूल्यमा श्रम बेच्ने श्रमिकमाथि अ‍ौँलो उठाउने र अवहेलना गर्ने काम भइरहेको प्रति आपत्ति जनाएका थिए । ‘हुनेखाने वर्गका छोराछोरी अस्ट्रेलिया, क्यानडालगायतका देशमा महंगो मूल्यमा श्रम बेच्दा सम्मान र खाँडी मुलुकमा श्रम बेच्नेलाई विमानस्थलमा लाम लागेको तस्बिर देखाएर अपमान गर्न मिल्छ ?’, उनले भने, ‘यस्तो अपमानित व्यवहार गर्ने सोचमा सबैले परिवर्तन ल्याउनु आवश्यक छ किनकि जहाँ श्रमको मूल्य बढी हुन्छ त्यहाँ रोजगारीमा जाने पूरानो चलन रहेको सबै जननकार छौं । सबैले बुझ्नु पर्छ ।’

नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘भोटको राजनीतिमा लागेर युवा जनशक्ति पलायन भएको नारा दिन राजनीतिक नेतृत्व लगायतका नेताहरूले बन्द गर्नुपर्छ’, उनले भने, ‘नेताहरू श्रमिकको नै टिकटमा विदेश जाने, बस्ने, भाषण गर्ने, भ्याएसम्म मार्केटिङ पनि गर्ने र चन्दा पनि उठाएर ल्याउनेले नै फेरी श्रमिकलाई नै अपमान हुने गरि भोटका लागि नारा दिने कार्य तत्काल बन्द गर्नुपर्छ ।’ जसले जहाँ बढी मूल्य पाउँछ त्यहाँ गएर श्रम बेच्ने उहाँहरूको अधिकार भएको सबैले बुझ्नु आवश्यक रहेको उनले बताएका हुन् ।

युवा जनशक्ति पलायन भयो, उत्पादनमा ह्रास भयो भन्नेहरूले धान उत्पादन बढेको नहेर्ने नेताहरूबाट समाजिक परिवर्तन नहुने सबैले बुझ्नु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताएका हुन् । भक्तहरूको समर्पण भएको ठाउँमा भगवानको वास भएको बुझने समाजमा श्रमप्रति समर्पित श्रमिकको भावनालाई अपमानित हुँदा भगवानको अपमान भएको बुझ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ३ : ४१ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र