काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा ८० वर्षीय लुलाले दक्षिणपन्थी उम्मेदवार तथा सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै पुनः राष्ट्रपतिको जिम्मेवारी पक्का गरेका हुन् ।
ब्राजिलको निर्वाचन प्राधिकरणका अनुसार लुलाले ५१.८ प्रतिशत र उनका प्रतिस्पर्धी ४५ वर्षीय फ्लाभियोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका छन्। फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।
यससँगै लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व गर्नेछन् । उनी यसअघि सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल र सन् २०२३ देखि २०२६ सम्म तेस्रो कार्यकाल राष्ट्रपति बनेका थिए ।
गत अक्टोबर ४ मा भएको पहिलो चरणको निर्वाचनमा फ्लाभियोले ४७.०३ प्रतिशत मत प्राप्त गरेका थिए भने लुलाले ४५.१६ प्रतिशत मत पाएका थिए । पहिलो चरणमा पछि परे पनि दोस्रो चरणमा लुलाले मत बढाउँदै जित हासिल गरेका हुन् ।
सन् १९८९ मा ब्राजिलमा लोकतान्त्रिक राष्ट्रपतीय निर्वाचन पुनः सुरु भएयता पहिलो चरणमा दोस्रो स्थानमा रहेका उम्मेदवारले दोस्रो चरणमा जित हासिल गरेको यो पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लुलाको जितले ब्राजिलको निर्वाचन इतिहासमा नयाँ अध्याय थपेको छ ।

















प्रतिक्रिया