२९ मंसिर २०८२, सोमबार | December 15, 2025

‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ



काठमाडौं । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका–७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका–११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन् ।

विभिन्न खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ३ : ४३ बजे

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका