२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

बुटवलमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को तयारी लाई तिव्रता दिएको छ । माघ ४ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन गर्नको लागि विभिन समितिहरु गठन गरेर तयारीलाई तिव्रता दिएको हो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाँको संयोजगत्वमा हुने प्रतियोगितामा १० वटा विधागत समिति गठन गरेर तयारीलाई तिव्र पारिएको हो । बुटवल उपमहानगरपालिकामा बिहिबार बसेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ब्यवस्थापन समितिको बैठकमा अध्यक्ष पियाँले ३ दिनसम्म संचालन हुने प्रतियोगितलाई भब्य रुपमा सम्पन्न गर्नको लागि १० वटा समिति गठन गरिएको र आफ्नो जिम्मेवारी अनुसार काम गर्नको लागि आग्रह गरे ।

प्रतियोगितामा २० वटा सामुदायिक र २२ वटा निजी गरी ४२ वटा विद्यालयले भाग लिने उनले जानकारी दिए । प्रतियोगितमा १७ विधाका ५४ खेलमा ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियाँले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउँने र खेलाडीहरुको बीमाको समेत ब्यवस्था गरिएको उनले जानकारी दिए ।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अनुशासन तरिकाले संचालन गर्नको लागि निर्देशन दिइन । विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले संचालन हुनुपर्नेमा जोड दिइन ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले रनिङ्ग शिल्ड संचालनको लागि नगरले २० लाख र केन्द्र सरकारबाट १ लाख गरि २१ लाख बजेट छुट्टाएको जानकारी दिए । विद्यार्थीमा भएका प्रतिभा प्रस्फुटनमा प्रतियोगिताले सहयोग मिल्नेमा उहाँले विश्वास ब्यक्त गरे ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा मद्धत पुग्ने बताए । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २५ हजार , १७ हजार र १० हजार नगद सहित पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्याङ्कनको अधारमा प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने उनले बताए । रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, उसु , रिले, तेक्वान्दो, कराते संचालन हुने सचिब बस्नेतले बताए ।

यस्तै बैठकमा बुटवल वडा नंं ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ , प्रतियोगिताका, सहसंयोजक लालहरि पाण्डेय खेलकुद शाखा अधिकृत कोपिला ज्ञवाली लगायतले बोलेका थिए । गत वर्षको रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले प्राप्त गरेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ५ : ४९ बजे

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म

कैलाली-५ मा नेकपा उम्मेदवार प्रेम आलेद्वारा २० बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य

चुनबाङ पुगेर प्रचण्डले सम्झिए सशस्त्र युद्धबाट शान्तिको बाटो तय गरेको ऐतिहासिक बैठक (फोटोफिचर)

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो ।