२ पुस २०८२, बुधबार | December 17, 2025

१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त



काठमाडौं। एशियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एशियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुदै छ । एशियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिदै छन् ।

अघिल्लो बर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण चीनले आयोजना नगर्ने भनेपछि कतारले आयोजना गर्ने भएको हो ।

अब आजदेखि शुरु हुने एशियन फुटबलको यस महाकुम्भका खेलहरु २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् ।

यस प्रतियोगितामा ताजकिस्तानले पहिलोपल्ट भाग लिदै छ भने हङकङ ५६ बर्षपछि एशियन कपमा कमब्याक गरेको छ । त्यस्तै इन्डोनेसिया र मलेसियाले २००७ पछि पहिलो पल्ट एशियन कप खेल्दै छन् । त्यस्तै यस प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ ।

सहभागी २४ देशलाई ६ समुहमा बिभाजन गरिएको छ । जसबाट हरेक समुहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।

एशियन कपको समुह ए मा आयोजक कतारसहित चीन, ताजकिस्तान र लेबनान रहेका छन् भने समुह बी मा अस्ट्रेलिया, उज्बेकिस्तान, भारत र सिरिया रहेका छन् । त्यस्तै समुह सी मा इरान, युएई, हङकङ र प्यालेस्टाइन रहेका छन् भने समुह डी मा जापान, इन्डोनेसिया, इराक र भियतनाम रहेका छन् ।

त्यसैगरी समुह इ मा दक्षिण कोरिया, मलेसिया, जोर्डन र बहराइन रहेका छन् भने समुह एफ मा साउदी अरेबिया, थाइल्याण्ड, किर्गिस्तान र ओमान रहेका छन् ।

एशियन कपको उद्घाटन खेलमा आज एशियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको आयोजक कतारले लेबनानको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार रति ९:४५ बजेदेखि शुरु हुने छ ।

अहिलेसम्म एएफसी एशियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ । जापानले १९९२, २०००, २००४ र २०११ मा जितेको थियो । त्यस्तै साउदी अरेबियाले ३ (१९८४, १९८८ र १९९६) पटक यो उपाधि जितेको थियो भने इरानले पनि ३ (१९६८, १९७२ र १९७६) पटक यो उपाधि जितेको छ ।

त्यस्तै दक्षिण कोरियाले १९५६ र १९६० मा गरि दुई पटक यो उपाधि जितेको छ भने इजरायलले १९६४ मा, कुवेतले १९८० मा, अस्ट्रेलियाले २०१५ मा, इराकले २००७ मा र कतारले २०१९ मा एसियन कपको उपाधि जितेका थिए ।

अहिलेसम्म युएई १९८४ र २००४ मा फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन भने भारत १९६४ र म्यान्मार १९६८ मा फाइनलमा पुगेर उपाधि जित्न चुकेका थिए ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : १८ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११